headings
stringlengths 6
104
| paras
stringlengths 57
472
| label
stringclasses 3
values |
---|---|---|
अलग अभियानमा थापा र राई | अलग अभियानले यसपटक वरिष्ठ लोकगायिका तीर्थकुमारी थापा र लेखक डा. विष्णु राईलाई प्रस्तुत गर्यो । गायिका थापाले ‘डाँडामाथि बिहानै घाम लाग्यो...’, ‘म त खाँदिनँ कुवाको पानी...’, ‘दाइ कहाँको...?’ लगायतका गीत सुनाइन् । उनलाई युगल गायनमा गायक/संगीतकार रत्न बेहोसी बज्राचार्यले साथ दिएका थिए ।
| entertainment |
आर्मीलाई एमएम क्रिकेट उपाधि | त्रिभुवन आर्मी क्लबले मनमोहन स्मृति राष्ट्रिय वान–डे क्रिकेट प्रतियोगिता जितेको छ । आर्मीले शनिबार फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्यो । | sports |
कोषको रकम नखोस्न माग | श्रमिकलाई बोनस बाँडेर प्रतिष्ठान स्तरको कल्याणकारी कोषमा राखिने रकम सामाजिक सुरक्षा कोषमा लैजाने तयारीप्रति ट्रेड युनियन र रोजगारदाताले विरोध जनाएका छन् । | business |
मनाङ उपाधि नजिक | मदन भण्डारी स्मृति आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधिलाई सहिद स्मारक लिग च्याम्पियन मनाङ मस्र्याङदी र त्रिभुवन आर्मी क्लब शनिबार भिड्ने भएका छन् । बिहीबार दोस्रो सेमिफाइनलमा मनाङले नेपाल पुलिस क्लबविरुद्ध १–० को जित निकाल्दै उपाधिमाथि दाबेदारी प्रस्तुत गरेको हो । | sports |
धनमाया ‘पाल्पा लोक आइडल’ | पाल्पा लोक आइडल धनमाया दिसुवा मगरले जितेकी छन् । श्रीनगर सामुदायिक टेलिभिजनद्वारा आयोजित गायन प्रतियोगिताको फाइनलमा निर्णायकहरूको मन जितेर उनले पुरस्कारस्वरूप एक लाख रुपैयाँ पाइन् । | entertainment |
तस्बिरमा काठमाडौं र महेन्द्रनगरको खेल | काठमाडौं गोल्डेन्सले रूस्लान धनगढी प्रमियर लिग (डीपीएल)-३ अन्तर्गत बुधबारको पहिलो खेलमा महेन्द्रनगर युनाइटेडलाई ७ रनले पराजित गरेको छ । काठमाडौंको यो लगातार दोस्रो जित हो भने महेन्द्रनगरको यो लगातार दोस्रो हार । तस्बिरमा हेरौं खेलका झलक । | sports |
साल्ट ट्रेडिङमा सेयर घोटाला : साल्ट ट्रेडिङको प्रतिवेदन अख्तियारमा | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेसन्स लिमिटेडको प्रतिवेदन झिकाएको छ । डेब अर्ब रुपैयाँभन्दा बढीको सेयर घोटाला खुलासा भएपछि थप छानबिन गर्न आयोगले अर्थ मन्त्रालयसँग प्रतिवेदन माग गरेको हो । | business |
नयाँ प्रशिक्षकपछि युनाइटेडको शतप्रतिशत | ओले गनर सोल्ससारको म्यानचेस्टर युनाइटेडले बुधबार इंग्लिस प्रिमियर लिगका पछिल्ला ४ खेलमा शतप्रतिशत जित निकालेको छ । | sports |
निर्माण व्यवसायीले भुक्तानी पाएनन् | निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी नपाउँदा यहाँका व्यवसायी मर्कामा परेका छन् । उनीहरूले नियमानुसार पाउनुपर्ने किस्ता र अन्तिम रकम केही पनि पाएका छैनन् । सडक डिभिजन कार्यालयअन्तर्गत सम्पन्न आयोजनाको झन्डै एक अर्ब रुपैयाँ भुक्तानी बाँकी छ । | business |
कसको मुहार कस्तो ? | तालुको बीचैमा झुप्प कपाल । वरिपरि खाली । अनि घुचुकनेर बाँकी कपाल । झन्डै नाकै छोप्ने गरी लगाएका पावरवाल चस्मा । मुहारमा मन्द मुस्कान । ती को होलान् ? भाषा–साहित्यमा जानकारी राख्नेहरूले सजिलै चिनेर भन्न सक्छन्, ‘प्रोफेसर डा. अभि सुवेदी ।’ | entertainment |
एउटै हतकडीमा पल–पूजा | प्राय: प्रेमले युद्ध निम्त्याएको पाइन्छ । त्यसैगरी लडाइँ, झैझगडाले प्रेम निम्त्याउन सक्ला कि नसक्ला ? अन्यत्र नसके पनि फिल्ममा भने सक्ने सम्भावना रहन्छ । झन्डै यस्तै स्थिति आएको छ, फिल्म ‘म यस्तो गीत गाउँछु’ मा पनि । | entertainment |
नारी दिवसमा अनु सम्मानित | राष्ट्रिय टोलीबाट कीर्तिमान ३५ गोल गरेकी अनु लामा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला फुटबल संघद्वारा विहीबार सम्मानित भएकी छन् । | sports |
प्रदीप–जसिता ‘लभ स्टेसन’ मा | अभिनेता प्रदीप खड्काले ‘लिलीबिली’ मा अभिनेत्रीका रूपमा डेब्यु गर्ल जसिता गुरुङलाई को–एक्टर पाएका थिए । सोही जोडी ‘लभ स्टेसन’ मा पनि दोहोरिने भएको छ । | entertainment |
सोचेजस्तो छैन तयारी | अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली क्रिकेटको सर्वोच्च निकाय निलम्बनमा परेको असर कतिसम्म छ भने त्यो वर्तमान राष्ट्रिय टोलीलाई हेरे पुग्छ । नेपाली क्रिकेटको भविष्यसँग जोडिएको विश्व क्रिकेट लिग डिभिजन २ नजिकिए पनि नेपाली टोलीको तयारीले सोचेअनुरुप गति लिन सकेको छैन । | sports |
साहसी कंगना | कंगना रनौट बलिउडकी यस्ती सेलेब्रिटी हुन् जो अभिनयको कारण मात्रै प्रख्यात छैनन् । सञ्चार माध्यमसँगको हरेक अन्तर्वार्तापछि उनी विवादमा तानिन्छिन् । | entertainment |
हलिउडका सुपरहिरो | यति बेला हलहरूमा ‘जस्टिस लिग’ चलिरहेको छ । उक्त अमेरिकन सुपरहिरो फिल्ममा ब्याटम्यान, सुपरम्यान, वन्डर वुमेन, एक्वाम्यान, फ्ल्यास आदिलाई देख्न सकिन्छ । यो विधा निकै रोमाञ्चक मानिन्छ । हलिउडका कतिपय कलाकारले सुपरहिरो फिल्मबाटै ख्याति कमाएका छन् । तिनले लगाएका | entertainment |
पश्चिमा नजरमा पूर्वीय कुप्रथा | नाटकको अन्त्य दु:खद छ । एकल महिलाले आत्महत्या गरेसँगै नाटक समापन हुन्छ । यस्तो किन गरिएको होला ? दर्शकले निर्देशकप्रति यसरी प्रश्न गर्नु स्वाभाविक सुनिन्थ्यो । तर सर्वनाम थिएटरमा मञ्चन भइरहेको ‘विच’ मा नाटकको अन्त्य कस्तो हुनुपर्ने भनेर उल्टै निर्देशकले पो दर्शकसँग सल्लाह लिइरहेका थिए । | entertainment |
नेपालको ओमानसँग हार | नेपाल विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत दोस्रो दिन शुक्रबार ओमानसँग सजिलै ६ विकेटले पराजित भएको छ। नामिबिया भइरहेको प्रतियोगितामा शुक्रबारको हारले विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनाएको छ। | sports |
बियरले नुहाउँछिन् उनी | हरेक व्यक्तिको जीवनशैली फरक–फरक हुन्छ । आफ्नो आम्दानीअनुसार मानिसले खर्च गर्छ । त्यहीअनुरूप बजेट बनाएर दिनचर्या निर्वाह गर्छन् । तर, जब तपाई धनाढय र बढी समृद्ध हुनुहुन्छ, तपाईको जीवनशैली पनि त्यहीअनुरूपको हुनु स्वाभाविक हुन्छ । | business |
सुकर्म जर्मनीतिर | लोकप्रिय लोक–शास्त्रीय ब्यान्ड सुकर्म करिब तीन साता लामो सांगीतिक यात्रामा जर्मनीतर्फ प्रस्थान गरेको छ । | entertainment |
म्यानपावर अनुगमन संयन्त्र सक्रिय | वैदेशिक रोजगार विभागले गैरकानुनी रूपमा राहदानी संकलन गर्ने, रकम उठाउने र बढी शुल्क लिने एजेन्ट/म्यानपावरमाथि कारबाही गर्न अनुगमन संयन्त्रलाई सक्रिय बनाएको छ । | business |
लाङटाङ घुम्ने पर्यटक बढे | यो वर्षमा सात महिनायता ६ हजार २ सय १२ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जले तथ्यांक राख्न थालेयता दुई हजार ३ सय ५ आन्तरिक पर्यटक घुम्न आएको अधिकारीहरूले जनाएका छन् । | business |
सेमिफाइनल समीकरण पूरा | राखेप च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय पुरुष हकीको बुधबार सेमिफाइनल समीकरण पूरा भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मैदानमा जारी प्रतियोगितामा बुधबार पुरुष क्वाटरफाइनलमा पश्चिमाञ्चलले मध्यमाञ्चललाई २–१ गोलले हरायो । | sports |
इश्लामाबादमा आनन्द र प्राश्ना, ‘उकाली ओरालीहरुमा...’ गाउँदै | नेपाली कला–संस्कृति र साँगीतिक चिनारी पस्कन पाकिस्तानको इश्लामाबाद पुगेका कलाकार आनन्द कार्की र प्राश्ना शाक्यले नेपाली तथा उर्दु गीत गाएर आमन्त्रित अतिथिहरुलाई मन्त्रमुग्ध बनाए ।
| entertainment |
बहुप्रतीक्षित फाइनल | फसल फुटबलमा सर्वाधिक १२ लाख पुरस्कार राशिको मदन भण्डारी स्मृति इटहरी गोल्डकपको शनिबार विजेता बन्न मनाङ मस्र्याङी र थ्रीस्टार क्लब यति बेला अन्तिम तयारीमा छन्। दुई वर्षको अन्तरालमा शनिबार फाइनलमा दुई टोलीबीच इटहरी रंगशालामा पहिलो भेट हुँदै छ। पछिल्लोपल्ट राष्ट्रिय लिगमा थ्रीस्टारले मनाङलाई २–० ले पराजित गरेको थियो। नेपाली फुटबलका दुई सशक्त टोली एकअर्काको कमजोर र बलियो पक्षबारे समीक्षा गर्दै रणनीति बुनिरहेका छन्। | sports |
मेसीको ह्याट्रिक | लियोनल मेसीले विश्वकपको तयारीमा मंगलबार हाइटीविरुद्ध ह्याट्रिक गरेपछि ‘आशासहित रुस’ जाने बताएका छन् । | sports |
आयोजक पहिलो खेलमै पराजित | सर्वाधिक धनराशि पुरस्कारको तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलको उद्घाटन खेलमा मेची नेत्रालय काँकडभिट्टा विजयी भएको छ । मेचीले सडन डेथका आधारमा आयोजक सुदूरपश्चिम–११ लाई पराजित गरेको हो । | sports |
वीरगन्जमा डे–नाइट भेट्रान्स फुटबल हुने | भेट्रान्स सिटी क्लब वीरगन्जको आयोजनामा वीरगन्जमा जे–८९ प्रथम अन्तर्राष्ट्रिय भेट्रान्स–८ साइड डे–नाइट फुटबल प्रतियोगिता हुने भएको छ । | sports |
‘चतुर’ चतुरानन्द | नै समय थियो, जति बेला नेपाली खेलकुदमा विकल्प धेरै कम थिए, खेल संख्याका आधारमा । एथलेटिक्स त भइहाल्यो । खेले क्रिकेट, नत्र फुटबल । हकी र ब्याडमिन्टन पनि । अथवा टेबलटेनिस । अरू खेल त धेरै पछि आएका हुन् । | sports |
पारा तेक्वान्दोलाई सम्मान र प्रायोजन | नेपाललाई प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल पारा तेक्वान्दो खेलाडीलाई मेन्टर कन्सलटेन्सीले सम्मान गर्दै दुई वर्षका लागि प्रायोजन सम्झौता गरेको छ । | sports |
पुम्सेमा मिश्रित सफलता | दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यारोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपमा शनिबार पुम्से टिम र पेयरमा नेपाली टोली च्याम्पियन भएको छ । | sports |
क्लाउनमा हँसाउँदै कलाकार | जर्मनीलगायत युरोपेली मुलुकको प्रख्यात नाट्य शैली क्लाउन नेपालमा पनि विस्तारै लोकप्रिय बन्दै गइरहेको छ । शिल्पी थिएटरको संयोजनमा सोमबार अलगावर क्लाउन कनेक्सनका दुई कलाकार प्रस्तुत भए । उनीहरूले देखाएको क्लाउनमा बालबालिका मात्र नभई ठूला दर्शक दिल खोलेर रमेका थिए । | entertainment |
‘निकासीमा समस्या हुन्न’ | प्रधानमन्त्री केपी ओलीले दुवै छिमेकी मुलुकमा नेपाली उत्पादनको निकासीमा समस्या नहुने बताएका छन् ।नेपाल उद्योग परिसंघको १५ औं साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले नेपालका लागि भारत र चीन दुवै विशाल बजार भएको बताए । | business |
सोलार प्लान्ट बनाउन प्रस्ताव माग | एसियाली विकास बैंक (एडीबी) को २ अर्ब रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ । | business |
जुम्लाको स्याउ ६ दिनमा आइपुग्यो | जुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लाका किसानलाई अहिले स्याउ टिपेर बेच्न भ्याई नभ्याई छ । चाडबाडलाई लक्ष्य गर्दै किसानहरू स्याउ टिपेर बिक्री गर्न व्यस्त छन् । त्यसो त जुम्लामा फलेको स्याउको स्वाद राजधानीबासीले पनि लिने अवसर छुटाएका छैनन् । | business |
ठूला आयोजना विवाद प्रधानमन्त्रीकहाँ लगिने | ठूला आयोजना सम्बन्धमा ऊर्जा मन्त्रालय र लगानी बोर्डबीचको विवाद हटाउन ऊर्जामन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गर्ने भएका छन् । | business |
धनगढी प्रिमियर लिग (डीपीएल): आरोह–अवरोह | विभिन्न आरोह–अवरोहपछि रुस्लान धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अहिलेको स्थितिमा आइपुगेको छ । | sports |
योजना छैन रारामा | कर्णाली प्रदेश सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ का रूपमा मनाउने घोषणा गरेको छ । वैशाख १ गते रारामै पुगेर प्रधानमन्त्रीले पर्यटन वर्षको घोषणा गरेका थिए । घोषणाको पूर्वसन्ध्यामा कर्णाली प्रदेश सरकारको बैठक बसेर कर्णाली पर्यटन विकास प्राधिकरण स्थापनाको निर्णयसमेत पारित गर्यो । संघीय र प्रदेश सरकारले स्पष्ट योजना भने बनाएका छैनन् । | business |
डीपीएल–जितका सारथि | रूपन्देही च्यालेन्जर्ससँगको राउन्ड रोबिनको अन्तिम खेलमा पराजय नजिक पुग्दा टिम चौराह धनगढी प्रतियोगिताबाटै बाहिरिने स्थितिमा थियो । जसो–तसो घरेलु टोलीले त्यो खेल जित्यो र अन्त्यमा रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि नै रक्षा गर्यो । | sports |
तरन्नुमको तरङ्ग | बिनासंगीत लयमा गजल गाउने शैली तरन्नुमको तरङ्गका कारण शनिबार दिउँसो भरतपुरको सगुन पार्टी प्यालेसको हल निकै बेर गुन्जियो । नाम चलेका चार गजलकारबाट तरन्नुम आएपछि दर्शकश्रोता नझुम्ने कुरै भएन । | entertainment |
हवाई यात्रुको विमा १ करोड ७९ लाख पुग्यो | नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा परी ज्यान गुमाएमा शनिबारदेखि १ लाख १३ हजार १ सय एसडीआर (१ करोड ७९ लाख रुपैयाँ) बिमाबापत क्षतिपूर्ति प्राप्त गर्ने भएका छन् । | business |
“म मरे पनि ठाडोभाका नमरोस्” | सुन्दा कर्णप्रिय र सजिलो लाग्ने ठाडोभाका गीत गाउनेलाई भने सजिलो छैन । यसका पर्याय हुन् ठाडोभाका शिरोमणि भेडीखर्के साइँला (दीर्घराज अधिकारी) । सुन्दरबजार नगरपालिका, परेवाडाँडाका भेडीखर्के ८५ वर्ष पुग्नै आँटे । | entertainment |
कर्णाली प्रदेशमा सेयर कारोबार शून्य | कर्णाली प्रदेशमा सेयर बजारको पहुँच पुग्न सकेको छैन । सातवटा प्रदेशमध्ये कर्णाली (६ नम्बर) प्रदेशमा धितोपत्र ब्रोकरहरू नपुगेपछि दोस्रो बजारको सेयर कारोबार नभएको हो । | business |
प्रदेशस्तरीय एथलेटिक्स सुरु | आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ५ स्तरीय एथलेटिक्स छनोट प्रतियोगिता सोमबार घोराहीमा सुरु भएको छ । मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगन्ज र दाङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता भएको हो । | sports |
‘रोल्पा सुइना’ अन्तरक्रिया | नवीन विभासको पछिल्लो कथाकृति ‘रोल्पा सुइना’ माथि अन्तरक्रिया भएको छ । जिल्ला सदरमुकाम खलंगामा राप्ती साहित्य परिषद्ले विभासको उक्त कथामा छलफल चलाएको हो । | entertainment |
सुरु भयो सन्दीपको आईपीएल यात्रा | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आबद्ध पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने दिल्ली ओर्लनासाथ आफ्नो क्लब दिल्ली डेयरडेभिल्सका प्रायोजकका लागि फोटोसुट र नेट अभ्यासमा व्यस्त भएका छन् । सन्दीप मंगलबारमात्र दिल्ली आइपुगेका हुन् । | sports |
प्रधानमन्त्रीको भारत भ्रमण: ठूला आयोजनामा फेरि आश्वासन मात्रै | अघिल्लो वर्ष भारत भ्रमण गएका तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको लगानीमा सञ्चालित जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणमा तीव्रता दिने आश्वासन दिएका थिए । | business |
पौभाको पावर | उनी किमोथेरापी गराइहेका छन् । कहिलेकाहीँ थाक्छन् । तर, बोली फुर्तिलो छ । मीठो हाँस्छन् पनि । चित्र कोर्न छोडेका छैनन् । कलाकार दीपककुमार जोशीलाई यो अथाह शक्ति कसरी प्राप्त भइरहेछ ? | entertainment |
युनिलिभरको ट्रेडमार्क अंकित नक्कली उत्पादन | वीरगन्जका ३ पसलबाट युनिलिभर नेपालको नक्कली ट्ेरड मार्क र लोगो अंकित विभिन्न कस्मेटिकका वस्तु फेला परेका छन् । | business |
जनप्रेमी स्कुललाई छात्रा भलिबलको उपाधि | भक्तपुरको जनप्रेमी स्कुलले छात्रा भलिबलको उपाधि जितेको छ । मध्यपुर थिमी नगरपालिकामा रहेका ११ वटा संस्थागत विद्यालयहरुको समूह (एसडिआरवी) ले आयोजना गरेको भलिबल खेलमा जनप्रेमीले युनिक एकेडेमीलाई हराउँदै उपाधि जितेको हो । | sports |
एन्फा बैठक: लिग घोषणा १० दिनभित्र | अखिल नेपाल फुटबल संघ (एन्फा) मा कर्माछिरिङ शेर्पा नेतृत्वको कार्यसमितिको पहिलो बैठकले सोमबार पूर्वराष्ट्रिय खेलाडी विज्ञानराज शर्माको संयोजकत्वमा लिग समिति निर्माण गर्दै १० दिनभित्र लिगको मिति र संरचना घोषणा गर्ने निर्णय गरेको छ । | sports |
एपीएफ र मनाङले गभर्नर्स गोल्डकप खेल्ने | एन्फाले साफ यू–१८ महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने भएको छ । आइतबार भुटानमा सम्पन्न फाइनलमा नेपाली युवा टोली फाइनलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो । | sports |
सोलार प्लान्ट बनाउन प्रस्ताव माग | एसियाली विकास बैंक (एडीबी) को २ अर्ब रुपैयाँ (२० मिलियन डलर) सहयोग रहने सोलार प्लान्ट निर्माणका लागि नेपाल विद्युत् प्राधिरकणले प्रस्ताव माग गरेको छ । प्राधिकरणले कम्तीमा २५ मेगावाट क्षमताको सोलार प्लान्ट निर्माणका लागि प्रस्ताव माग गरेको हो । यो सोलार आयोजनाबाट प्राधिकरणले किन्ने बिजुलीमा एडीबीले सहुलियत दिनेछ । | business |
रोनाल्डोको सय गोल | रियल म्याड्रिविरुद्ध बुधबार पहिलो लेगमा ३–१ ले पछाडि परेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा स्थान बनाउन ठूलै फड्को मार्नुपर्ने भएको छ । | sports |
‘फिल्म खेल्न पाएर खुसी छु’ | आफ्नो कार्यकाल सकाएर फर्किंदै गर्दा नेपालका लागि म्यान्मारका राजदूत ऊ लिउन उले फिल्म खेल्दाको अनुभव बाँडे । नेपाल म्यान्मार फ्रेन्डसिप काउन्सिलले हालै राजधानीमा गरेको बिदाई समारोहमा उनले भूकम्पको कथामाथि बन्दै गरेको फिल्म ‘नीरफूल’ खेल्न पाएकोमा खुसी प्रकट गरे । | entertainment |
लोकगायक सोमबहादुरलाई ह्विलचेयर | पाँच वर्षदेखि थलिएका लोकगायक सोमबहादुर लामा घलानले बुधबार ह्विलचेयर पाएका छन् । उनलाई चितवनका चिकित्सक दम्पतीले घरमै पुगेर यस्तो सहयोग गरेका हुन् । | entertainment |
ब्वाइजमा नेपाल विजयी | नेपालले आईटीएफ एसिया यू–१२ टिम टेनिस च्याम्पियनसिपअन्तर्गत दक्षिण एसियाली क्षेत्रको छनोटमा ब्वाइजतर्फ श्रीलंकालाई ३–० ले पराजित गरेको छ । | sports |
आठौं राष्ट्रिय खेलकुद : फेरियो जीर्ण कभर्डहलको स्वरुप | आठौं बृहत् राष्ट्रिय खेलकुदका लागि नेपालगन्जस्थित तीन दशक पुरानो जीर्ण कभर्डहलको मर्मतसम्भार गरी क्षमता बढाइएको छ । मर्मतमा करिब १ करोड रुपैयाँ खर्च भएको छ । | sports |
यातायात सिन्डिकेट : कागजमा हटयो व्यवहारमा उस्तै | सरकारले सिन्डिकेट हटाउँदै यातायात व्यवसायी समितिलाई नीतिगत रूपमा खारेज गरेको घोषणा गरे पनि व्यवहारमा अझै कार्यान्वयन भएको छैन । जहाँ यातायात व्यवसायी समितिका खाता रोक्का भएकाले कार्यालय बन्द छन्, त्यहीँ बसको आलोपालो मिलाउनेदेखि पुरानै तरिकाको सञ्चालनको तरिका उस्तै छ । | business |
अर्थले माग्यो आपूर्तिको धारणा | साल्ट ट्रेडिङ कर्पोरेसनमा भएको अनियमितता र प्रतिवेदन कार्यान्वयन गर्न अर्थ मन्त्रालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग आधिकारिक धारणा माग गरेको छ । | business |
सन्नी लियोनी बनिन् जुम्ल्याहा बच्चाकी आमा ! | बलिउड अभिनेत्री सन्नी लियोनी जुम्ल्याहा बच्चाको आमा बनेकी छिन् ।
सन्नीका पति डेनियलले जुम्ल्याहा बच्चा सहित परिवारको तस्विर ट्विटर मार्फत सार्वजनिक गरेपछि सोको खुलासा भएको हो । | entertainment |
आठौं राष्ट्रिय खेलकुदको तयारी तीव्र | आठौं बृहत् राष्ट्रिय खेलकुदका लागि नेपालगन्ज रंगशालामा पूर्वाधार निर्माणले तीव्रता पाएको छ । आउँदो वर्ष मंसिरमा हुने खेल मेलाका लागि अहिले पौडी पोखरी, सुटिङ रेन्ज र भारोत्तोलन एकडेमी निर्माणको काम भइरहेको छ । | sports |
रणनीति आक्रामक, लक्ष्य उपाधि | पछिल्लो समय महिला फुटबललाई पनि प्राथमिकतामा राख्दै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लगातार अन्तर्राष्ट्रिय सहभागितामा जोड दिएको छ । वर्तमान अवस्थामा घरेलु फुटबलको संरचना कमजोर भए पनि एन्फाले बिस्तारै त्यसलाई सुधार्ने गृहकार्यमा छ । | sports |
आर्थिक वृद्धिमा जोड | आठ प्रतिशतको आर्थिक वृद्धिलाई सहयोग पुग्ने गरी बजार भाउ नियन्त्रण र वित्तीय स्थायित्वको चुनौतीलाई प्राथमिकतामा राखेर आगामी वर्षको मौद्रिक नीति बुधबार सार्वजनिक हुँदै छ । मौद्रिक नीतिमा उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार, जोखिममा आधारित सुपरीवेक्षण, विद्युतीय भुक्तानी प्रणाली, संस्थागत सुशासन र वित्तीय अनुशासनलाई जोड दिइएको राष्ट्र बैंकले जनाएको छ । | business |
सातै प्रदेशबाट श्रम स्वीकृतिको तयारी | श्रम, रोजागर तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई सुविधा दिनका लागि सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने तयारी गरेको छ । | business |
“शत्रु गते” सर्वोत्कृष्ट | हलबाट नउत्रिँदै फिल्म ‘शत्रु गते’ छैटौं एनएफडीसी नेसनल फिल्म अवार्डमा सर्वोत्कृष्ट घोषणा गरियो । ‘उत्कृष्ट फिल्म’ अवार्ड पाएको यही फिल्मका लागि मित्र डी. गुरुङले सर्वोत्कृष्ट सम्पादक, दीपकराज गिरी र प्रदीप भट्टराईले सर्वाेत्कृष्ट लेखन तथा कथा/संवाद र अमित श्रेष्ठले ध्वनि पुन: मुद्रणको ट्रफी पाए । | entertainment |
मसुर गुलाटी भर्सेस कपिल शर्मा | साता दिनयता समाचारको सर्वाधिक चर्चामा, गुगलको अधिक खोजीमा र युट्युबमा बढी हेरिएको पात्र हो, डाक्टर मसुर गुलाटी । भारतीय सोनी च्यानलको कमेडी शो द कपिल शर्मा शोमा डाक्टर गुलाटीबाट फेमस बनेका सुनील यतिबेला कार्यक्रम होस्ट कपिलसँगको झगडा र त्यसपछि उत्पन्न विवादका कारण चर्चाको लाइमलाइटमा छन् । | entertainment |
म्यानचेस्टर सिटीलाई लिगकप | म्यानचेस्टर सिटीले आइतबार राति वेम्बलीमा आर्सनललाई सजिलै ३–० ले हराएर लिगकप जितेको छ । व्यवस्थापकमा पेप ग्वार्डिओला आएयता सिटीले जितेको यो पहिलो उपाधि हो । | sports |
पाल्पा महोत्सवमा पशुपति | दर्शकश्रोताको भीड देख्दै रमाएका लोकगायक पशुपति शर्माले पाल्पालीलाई मात्रै नचाएनन्, आफू पनि मजाले नाचे । तानसेनमा चलिरहेको पाल्पा महोत्सवमा उनले ‘मलाई अमेरिका यै...’ भन्दै स्वदेशलाई माया गर्न सन्देश पनि दिए । | entertainment |
विश्वकप उद्घाटन [तस्बिरहरु] | विश्वकप फुटबलको २१ औं संस्करण बिहीबार राति सुरु भएको छ । रुसको राजधानी मस्कोस्थित लुजनिकी रंगशालामा विशेष समारोहबीच विश्वकप उद्घाटन गरिएको हो । समारोहमा रसियन कलाकारहरुले विशेष प्रस्तुति दिएका छन् । | sports |
‘फेरिफेरि’ खेल्दै अर्पण–ऋचा | अर्पण थापा र ऋचा शर्मा पछिल्लो पटक ‘आधा लभ’ मा स्क्रिन सेयर गरेको देखिएका थिए । उक्त फिल्मलाई अर्पण स्वयंले निर्देशन पनि गरेका थिए । उक्त जोडीलाई दर्शकले खासै साथ नदिए पनि अर्पण र ऋचा भने ‘फिर्के’ मा पनि दोहोरिए । | entertainment |
खेलाडी श्रद्धा | ब्यान्डमिन्टन खेल्नमा बलिउड अभिनेत्री दीपिका पादुकोण सिपालु मानिन्छिन् । तर, पर्दामा भने श्रद्धा कपुरले ब्यान्डमिन्टन खेल्ने भएकी छन् । ‘हाफ गर्लफ्रेन्ड’ स्टार श्रद्धालाई सायना नेहवालको बायोपिकमा लिने पक्का भएको छ । | entertainment |
सोनुको जित | केही समयअघिको कुरा हो, भारतीय गायक सोनु निगमले मस्जिदहरूमा सबेरै लाउडस्पिकर बजाउन बन्द गरिनुपर्ने बताउँदा ठूलो होहल्ला मच्चियो । उनलाई मुसलमानविरोधी पनि भनियो । तर, अहिले यूपी सरकारले साँच्चि नै लाउडस्पिकर बजाउन प्रतिबन्ध लगाइदिएपछि सोनु दंग छन् । यूपीमा मात्र होइन, देशैभरि यो निमय लगाउन आवश्यक रहेको उनी बताउँछन् । | entertainment |
रितु र नोमिका अब्बल | नेपाली कला–संस्कृति प्रवर्द्धधनको उद्देश्यसहित यहाँ आयोजित डान्सिङ स्टारमा युवातर्फ रितु राना र बालिकातर्फ नोमिका खनाल अब्बल भएका छन् ।
| entertainment |
म्युजिक भिडियो अवार्ड | तेस्रो नेपाली म्युजिक भिडियो अवार्ड यस पटक मलेसियाको क्वालालम्पुरमा भएको छ । अवार्ड समारोहमा आधुनिक, लोक, दोहोरी, पप तथा राष्ट्रिय गीतका गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो मोडल, छायांकार, निर्देशक, सम्पादकसहित ३० विधामा उत्कृष्ट अवार्ड दिइयो । | entertainment |
संगीता बनाउँदै ‘कथा काठमान्डु’ | सञ्चारकर्मी संगीता श्रेष्ठले फिल्म ‘कथा काठमाण्डु’ मार्फत निर्देशनमा डेब्यु गर्न लागेकी छन् । | entertainment |
अभिनेत्री एन्सर्ज भन्छिन्, ‘संस्कृतिका लागि फिल्म’ | पछिल्लो समय आदिवासी जनजाति फिल्महरूलाई लागेको एउटै आरोप छ– भाषा मात्रै सम्बन्धित समुदायको, विषयवस्तु र प्रस्तुति भने नेपाली या हिन्दीबाटै प्रभावित । तामाङ, मगर, गुरुङ या थारू, सबै मातृभाषी फिल्मको यो साझा समस्या बन्दै गइरहेको छ । | entertainment |
बेस क्याम्प पुग्ने पदमार्ग निर्माण | जिल्लाको सबैभन्दा उचाइको प्याल्दोर पिक बेस क्याम्प पुग्ने पर्यटकीय पदमार्गको निर्माण गरिएको छ । नेपाल पर्वतारोहण संघको आर्थिक सहयोगमा उक्त पदमार्ग निर्माण गरिएको हो । | business |
इंग्लिस प्रिमियर लिग : लिभरपुलको प्रभाव बढ्दो | लिभरपुलले रोबर्टो फिर्मिनोको ह्याट्रिकसँगै शनिबार एनफिल्डमा आर्सनलमाथि ५–१ को जित रच्दै इंग्लिस प्रिमियर लिगमा ९ अंकको अग्रता लिएको छ । उपाधि होडमा रहेको टोटेनहमलाई भने उसकै घरेलु मैदानमा वोल्भसले ३–१ ले निरास पार्यो । | sports |
हुलाकी मार्गका पुल अधुरै | ठेकेदारको ढिलासुस्ती कारण झापा खण्डमा पर्ने हुलाकी राजमार्गअन्तर्गतका अधिकांश पुल निर्माणमा ढिलाइ भएको छ । ठेकेदारले नियमित काम नगर्दा ठेक्का मिति सकिएको वर्षौं बिते पनि पुल निर्माण अनिश्चित बनेको छ । | business |
पर्यटन प्रवर्द्धन गर्न म्युजिक भिडियो | नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवर्द्धनका लागि सहयोग पुर्याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ । | entertainment |
अत्तरिया र काठमाडौंबीचको खेल हेरौं तस्बिरमा | सीवाइसी अत्तरिया तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । अत्तरियाले बुधबार धनगढीस्थति फाप्ला क्रिकेट मैदानमा काठमाडौं गोल्डेन्सलाई पहिलो क्वालिफायरमा ४१ रनले पराजित गर्यो । | sports |
पुलिस पोखरा कपको क्वाटरफाइनलमा | ‘ए’ डिभिजन क्लब सीएमजी संकटालाई २–१ ले हराउँदै नेपाल पुलिस क्लब छैटौं मनकामना पोखरा कपको क्वाटरफाइनल प्रवेश गरेको छ । | sports |
दरभाउबिनै व्यापारीलाई अलैंची | यहाँका किसानका अलैंची व्यापारीले आफ्नो गोदाममा थन्काएका छन् । दरभाउ नगरी किसानले व्यापारीलाई दिएका हुन् । किसानसँग भण्डारण गर्ने ठाउँ नभएर व्यापारीलाई बोलाएर अलैंची दिइपठाएका हुन् । | business |
‘बी’ डिभिजन लिग : आरसीटी र भगवती उपाधि नजिक | रानीपोखरी कर्नर टिम (आरसीटी) र श्रीभगवती क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको उपाधि नजिक पुगेका छन् । दोस्रो चरणको लिगमा दुवैले २–२ जित निकालेका छन् । उपाधिको छिनोफानो यी दुईको खेलबाट लाग्नेछ । | sports |
आर्सनलको लगातार हार | खराब फर्मबाट गुज्रिरहेको इंग्लिस टोली आर्सनल आइतबार प्रिमियर लिगअन्तर्गत ब्राइटन एण्ड होभ आल्बियनको मैदानमा २–१ ले पराजित भएको छ । | sports |
दुई मूल भन्सार थपिए | पश्चिम नवलपरासीको महेशपुर र कपिलवस्तु सुठौलीको छोटी भन्सार मूल भन्सार भएका छन् । सरकारले साउन १ गते नै मूल भन्सारका रूपमा घोषणा गरे पनि कार्यान्वयनमा आएको थिएन । | business |
“डायरी” ले बढायो छुल्ठिमको धड्कन | फिल्म रिलिज हुन एक साता मात्रै बाँकी रहँदा छुल्ठिम गुरुङको बेचैनीको पारो हात्तै बढेको छ । उनी ‘डायरी’ की नायिका त हुन् नै, निर्माता पनि । पहिलो पटक निर्माणमा हात हालेकीले पनि छुल्ठिमका लागि यो फिल्मको व्यावसायिक सफलताले अझ बढी अर्थ राख्छ । | entertainment |
फेरि बढ्यो इन्धनको मूल्य, ग्यास र हवाई इन्धनको यथावत् | आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले यहाँ पनि मूल्य बढाइएको जनाएको छ । ‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको भाउ बढेको छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्यसूची बुधबार राति १२ बजेदेखि लागू हुनेछ ।’ | business |
थ्रीस्टार सेमिफाइनलमा | लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताको मंगलबार थ्रीस्टार क्लबले कास्कीको पोखरा ११ लाई टाइब्रेकरमा ४–१ ले पराजित गर्दै सेमिफाइनल पुगेको छ । निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । | sports |
न्यु डायमन्ड र एपीएफको टक्कर | शिवम् न्यु डायमन्ड एकेडेमी र नेपाल एपीएफ क्लब १३ औं रेडबुल ढोरपाटन यूएम महिला डबल लिग भलिबलमा अपराजित रहेका छन् । | sports |
आर्मी क्लब बाहिरियो | शान्तिनगर युवा क्लबले खुकुरी च्यालेन्जर कप ट्वान्टी–२० क्रिकेटअन्तर्गत पहिलो क्वाटरफाइनलमा मंगलबार त्रिभुवन आर्मी क्लबलाई ७ रनले पराजित गरेको छ । नेपाल पुलिस क्लबका अधिकांश खेलाडीसम्मिलित शान्तिनगरविरुद्ध हारेसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको छ । | sports |
लोकनृत्यमा मितेरी साइनो | ठ्याक्कै नेपालकै हिमाली क्षेत्रबाट आएका जस्तै कलाकारको टोली । भेषभूषा पनि लगभग उस्तै । तर, उनीहरू भारतको अरुणाचल प्रदेशबाट आएका थिए । भुकृटीमण्डपस्थित पार्कमा शुक्रबार यो टोलीले लोकनृत्य प्रस्तुति दियो । उनीहरूलाई नेपाली लोक कलाकारहरूले पनि साथ दिए । दुई देशका लोक नृत्यमार्फत कलाकारहरूले मितेर साइनो गाँस्ने कोसिस गरे । | entertainment |
बूढानीलकण्ठको रोमाञ्चक जित | घरेलु कोर्टमा समर्थकको बलियो साथले हौसिएको बूढानीलकण्ठ नगरपालिकाले क्वीक्स बास्केटबल लिगअन्तर्गत सोमबार साउथ साइडर्स बास्केटबल टिमलाई ५९–५६ को झिनो अन्तरले पराजित गरेको छ । एक समय खेलमा १६ अंकको अग्रता लिएको साइडर्सले खेलको मध्यतिर लय गुमाउँदा घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै ३ अंक हात पार्यो । | sports |
साफ च्याम्पियनसिपः बंगलादेशले पाकिस्तानलाई हरायो | साफ च्याम्पियनसिप २०१८ को समूह 'ए' को तेस्रो खेलमा बंगलादेशले पाकिस्तानलाई १-० ले पराजित गरेको छ । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा राति भएको खेलमा बंगलादेशले पाकिस्तानलाई हराएको हो । | sports |
हिमालको पानी निर्यात गर्न जापानको सुझाव | जापानको सत्तारूढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी गर्न नेपाललाई सुझाव दिएको छ । | business |
संकटा अन्तिम चारमा | संकटा अतिरिक्त समयमा कोलकाताको मोहम्मडनलाई १–० ले हराएर आइतबार पाँचौं विराट गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । | sports |
नाचे नेपाल र बस्नेत | 'कुटुमा कुटु...।' कति मीठो शब्दका गीत आजकाल । पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल भाषणका क्रममा राजनराज शिवाकोटीका गीतको यसरी प्रशंसा गर्दै थिए । उद्घोषिका एवं पूर्व मिस नेपाल सुगारिका केसीले लगत्तै शिवाकोटीलाई मञ्चमा उभ्याइन् । | entertainment |
चिनीमा चलखेल : छानबिन गर्न अख्तियारलाई पत्र | प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले चिनीमा भएको आर्थिक चलखेल छानबिन गर्न पत्राचार गरेको छ । अर्थ र आपूर्ति मन्त्रालय र मातहतका विभागको मिलेमतोमा चिनी आयात बन्द गरी १२ उद्योगीको कार्टेलिङ गराएको विस्तृत छानबिन गर्न पत्रचार गरेको हो । | business |
प्रदेश ७ लाई क्रिकेट उपाधि | मनमोहन स्मृति अन्तरप्रदेश क्रिकेट यू–१६ क्रिकेट प्रतियोगिताको प्रथम संस्करणमा प्रदेश ७ च्याम्पियन भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रदेश ३ विरुद्धको फाइनलमा मनोज लोथ्यालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ५ विकेट लिएपछि प्रदेश ७ ले २४ रनको जित दर्ता गर्यो । | sports |